ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय ओमप्रकाशकाे मृत्यु , ५ जना घाइते

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो ।

मृतक राउतको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका – ५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल र को १२ प १५ ५९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post