सिताराम र कुञ्जनाले दिए छोरीलाई गुन्यू चोलो

हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । उनीहरले बिहबिार छोरी छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो दिएका हुन् । गुन्यु चोलामा कालकाहरुको पनि उपस्थिती रहेको थियो ।

कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको उक्त तस्वीरमा सिताराम, कुञ्जना र छोरी सुबिहानी निकै खुशी देखिएका छन् ।

सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् । गुन्यू चोलो लगायदा शुबिहानी निकै सुन्दर देखिएकी थिइन् । सामाजिक संजालमा छोरी सुबिहानीसँग धुर्मुस सुन्तली नाँचेका दृष्य भाइरल बनेका छन् ।

Post a Comment

Previous Post Next Post