हथौडाले अनुहारमा हानेर मलेसियामा नेपालीको हत्या!

ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन्। घटना डिसेम्बर ३ तारिकको हो।साँझ ६ बजेर ४५ मिनेटमा सो घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि सेरेम्बान प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा तीनजना नेपालीमध्ये दुईजना हथौडाले प्र;हार गरी अनुहार कुच्चिएर मृ”त भइसकेको र एकजना सकुशल पाइएएका थिए। तिनै सकुशल पाइएका एक नेपालीलाई घटनास्थलमा भएको हथौडासहित प्रहरीले पक्राउ गरेको छ।

मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन। प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यम द स्टारले दुई मृतहरु सुरक्षा गार्डका रुपमा कार्यरत रहेको र उनीहरुको उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।

सो अखबारले घटनास्थलमै पक्राउ परेका नेपाली व्यक्तिको तस्वीर पनि सार्वजानिक गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन गरेको बताएको र मृतकहरुको फरेन्सिक परिक्षण गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको पनि समाचारमा उल्लेख छ ।

Post a Comment

Previous Post Next Post