घाँस काट्न गएकी महिलाको भीरबाट लडेर लडेर मृत्यु, शोकमा डुब्यो गाउ !

बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए ।

यो पनि : नेपालको बलिङ नचल्दा नामिबियाले दियो २७६ रनको विशाल लक्ष्य:नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ । खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो ।

खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो । ५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए ।

खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन । आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो ।

तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे । खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन् । ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए ।

नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन् । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकालले समान १–१ विकेट लिए । नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post