जीप पल्टियो : ४ जनाले गुमाए ज्यान, ५ जना घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना भउको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेको प्रहरीले जनाएको छ ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको बताइएको छ

Post a Comment

Previous Post Next Post