गायक राजु परियारलाई पर्यो ठूलो बज्रपात कृष्ण कँडेल घरमै पुगे भेट्न


नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको निधनको खबरले इन्द्रेणी परिवार निकै दुःखी भएको छ । परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार असमायिक निधन भएको थियो ।

स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल उनको गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २० पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन । कंडेलसहित इन्द्रेणी कार्यक्रमका प्राविधिक प्रमुख दिपक घिमिरे परियारको निवासमा पुगी घरपरिवार प्रति शोकको समयमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै बुवा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चर्चित लोकगायक राजु लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका छन् । परियारको उपचारको क्रममा निधन भएको हो । केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो । मंगलसिंहका श्रीमती, ६ छोरा र २ छोरी छन् । सपरिवार हिन्दु संस्कार, विधि, पद्धति र परम्परा अनुरुप आफ्नो निवासा काजक्रिया गरिरहेका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post