तिब्र गतिको ट्रकले बसलाई ठक्कर दिदा बसमा सवार ३० जना घाइते


पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार(८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए । गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

यो पनि: सरिताले यशोब्रह्मा माविमा स्थापना गरिन् अक्षयकोष- लमजुङको बेसीशहर नगरपालिका-८ सेरा घर भई हाल अमेरिकामा बस्दै आएकी सरिता घिमिरेले विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । ७५ वर्षीया सरीताले आफ्नो नाममा बेसीशहर नगरपालिका-३ मा रहेको यशोब्रह्मा माध्यमिक विद्यालयमा १ लाख १५ हजार ५ रुपैयाँको सरिता घिमिरे अक्षयकोष स्थापना गरेकी हुन् ।

विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त घिमिरेलाई रकम हस्तान्तरण गरिन् । सो रकमबाट प्राप्त व्याजबाट विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ सूर्यप्रसाद बरालले बताए । विद्यालयका बालबालिकालाई स्टेसनरी सामग्रीका साथै खाजा समेत वितरण गरेकी छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post