तुलसीपुरमा एकै खाल्डोभित्र गाडिएका रोशनी र शरदबारे भयो यस्तो खुलासा, प्रहरीलाई सफलता


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपा लिका वडा नं. १३ दमारगाउँको जंगलमा ह त्या गरी एकै खाडलमा गाडेको अवस्थामा फेला परेका किशोर-किशोरी एकै कक्षा पढ्ने गरेको खुलासा भएको छ ।

दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव स्थानीयसामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए।

उनीहरुको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान

प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका प्रशासन हेर्ने रेस्मी अधिकारीले जानकारी दिए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post