अस्ट्रेलियामा २४ बर्षीय नारायण सुवेदीले गरे १२ औं तलाबाट हामफालेर यसरी गरे आ’त्मह’त्या…


उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी पुगेका म्याग्दीका एक युवाको मृ,त्यु भएपछि शव नेपाल फिर्ता पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ। नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आत्महत्या गरेका थिए।

आफू बस्ने अपार्टमेन्टको १२ औं तलाबाट हामफालेर आत्महत्या गरेका २४ बर्षीय सुवेदीको शव व्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो।

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक व्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए। उच्च शिक्षाकै लागि ठूलो आर्थिक व्यवस्थापन गरेको परिवारले शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ।

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी पुगेका सुवेदी चरम मानसिक तनावमा थिए। उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post