बच्चा चोर्ने गिरोह भारतबाट कैलालीमा आएको हो ? वास्तविकता के हो

केहि दिन यता बच्चा चोर्ने गिरोह सक्रिय रहेको खबरहरु सामाजिक संजालमा फैलिएका छन् । कतीपयले सामाजिक संजालमा यस्ता फोटो र भिडियोहरु राखेर सावधानी अपनाउन अनुरोध गरिएका सामाग्री राखिएका छन।

कसैले भारतबाट बच्चा चोर्ने गिरोह नेपाल छिरेर कैलालीमा पनि प्रवेश गरेको भनेर सञ्जाल प्रयोगकर्ताहरुले फोटोसहितका पोस्टहरु सामाजिक संजालमा सार्वजनिक गरिरहेका छन्।जस कारण पनी यस क्षेत्रमा मानिसहरुमा त्रासको वातावरण पनि सृजना भएको छ।

मानिसहरुले आफ्ना बच्चाहरुलाई सुरक्षित राख्न र भारतबाट माग्न आउनेबाट सावधान हुन अनुरोध गरिरहेका छन ।यस्तै प्रहरीले भने भारतबाट बच्चा चोर्ने गिरोह नेपाल छिरेर कैलालीमा पनि प्रवेश गरेको भनेर पुष्टि हुन नसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले सामाजिक संजालमा यस्ता कुरा देखिएपनि कैलालीमा नै यस्तो समुह आएको छ भनेर पुष्टि गर्ने आधार फेला नपरेको जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post