
रुकुम पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १
ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा बिहिबार दिउँसो ३ बजेतिर बस दुर्घटना जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएकोे छ।
दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ। (फाइल तस्बिर)
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौँडा लगिएको उनले बताए ।