बाथरुममा छिरेपछि किन फुर्छ नयाँ आइडिया ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौं । यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन ।

यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो ।शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ ।

बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क एक प्रकारले अटो पाइलट मोडमा हुन्छ । त्यसैले त्यस्तो बेला दिमागले आफ्नो असाधारण स्मरण क्षमतालाई उपयोग गरी विभिन्न सिर्जनात्मक आइडियाहरु फुराउने वा लामो समयदेखि जकडिएको समस्याको समाधान खोज्ने फुर्सद पाउने शोधकर्ताहरुको भनाइ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post