१० जनाको समूहले लखेटी-लखेटि दशैँमा खसी हाने जस्तै गरी खुकुरी….

काठमाडौं । नेपालमा अपराधहरु फिल्मी शैलीमा भइरहेका छन् । इलाम जिल्ला र झापा जिल्लाको सिमानामा एल.बी. गुरुङ माथी यस्तै सोच्नै नसक्ने घटना भयो ।

१०–११ जनाको समूहले खुकुरी प्रहार गरेर दिन दहाडै हत्या गरेका छन् । निर्घात रुपमा १० जनाको समूहले खुकुरी प्रहार गरेर मृत्यु गरेको प्रत्यक्ष देख्ने स्थानीय बताउँछन् ।

हत्याराका भाईलाइ एल.बी. गुरुङको समूहले हातपात तथा निर्घात कुटपिट गरे पश्चात एल.बी गुरुङ उक्त घटनालाई मिलाउन गएपछि केही भनाभन भएको र फर्कने क्रममा झलुङ्गे पुल नजिकै १०–११ जनाको समूहले धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

मृतक एल.बी. लाई प्रहरी आएर अस्पतालमा लिएर जाँदा मृत्यु भएको थियो । हत्या गरेर फरार हुने ती युवाहरुलाई स्थानीयले नचिनेका कारण पत्ता लगाउन गाह्रो भएको उनीहरु बताउँछन् ।

स्थानीयका अनुसार पुरानै दुश्मनी भएको हुनसक्ने आशंका गरिएको छ । घटना भएको शैली हेर्दा पुराने दुश्मनी हुन सक्ने अनुमान लगाउन सकिने प्रत्यक्षदर्शी बताउँछन् ।

उनीहरुका अनुसार घटनामा आएका ती १०–११ जना युवाहरुले ढुङ्गा मुढाले लखेटेर पुलमा चढाएर खुकुरी प्रहार गरेका थिए । घटनाको छानबिन प्रक्रिया चलिरहको हुँदा अन्य तथ्यहरु आउँन बाँकी नै रहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post