संचारकर्मी शिशिर भण्डारीको म्युजिकल गीत ‘बिदा मागेर तिमी’ले सबैलाई रुवायो (हेर्नुहोस भिडियो)

कलाकार तथा संचारकर्मी शिशिर भण्डारीको म्युजिकल गीतको भिडियो ‘बिदा मागेर तिमी’ नयाँ-नयाँ न्युज नेपाल युटुब मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा शिशिर भण्डारीको दमदार अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियोमा शिशिर भण्डारीको अलावा कुमारी बराईली, आभा थापा, अल्फाज़ शाह र सुरेन्द्र घिमिरेको पनि अभिनय रहेको छ। गीतको भिडियो धेरै मार्मिक बनाइएको छ। प्रेम गर्नु भनेको कसैलाई पाउनु मात्र हैन कसैकोखुसीको लागी त्याग गर्नु पनि हो भन्ने कुरालाई भिडियोमा धेरै नै मर्म स्पर्शी तरिकाले देखाइ एको छ।

हुन त सबै व्यक्तिको जीवनमा पहिलो प्रेम खास मानिन्छ तर सबैको पहिलो प्रेम सफलहुदैन र त्यो बिछोडले ढिलो चाडो जीवनमा कहिँ कतै गएर असर पर्न सक्छ भन्ने खालको संदेश पनि भिडियोमा देखाउन खोजिएको छ।म्युजिकल गीतको भिडियो ‘बिदा मागेर तिमी’ले सबैलाई रुवाएको छ। भिडियो हेर्ने दर्शकहरुले भिडियो हेर्दा मन थाम्न नसकेर भक्कानिएको प्रतिक्रिया दिएका छन्।भिडियो हेर्ने सबै दर्शकहरुले शिशिर भण्डारीको अघिल्लो मार्मिक गीत ‘फोटो फ्रेममा’ भन्दा पनि धेरै मार्मिक रहेको प्रतिक्रिया दिएका छन्म्यु

जिकल गीत ‘बिदा मागेर तिमी’ मा जुन कथा बस्तु देखाइएको छ उक्त कथामा कलाकार शि शिर भण्डारीको फिल्म नै बनाउने सोच भए पनि त्यो समय आइनसकेकाले १५ मिनेटको गीतको भिडियोमा नै समेटिएको बताएका छन्।कलाकार तथा संचारकर्मी भण्डारी आफ्नो आधिकारिक फेसबुकमा लेख्छन ‘यो कथामा एउटा नेपाली फिल्म बनाउन मन थियो तर समय आईसकेको छ जस्तो लागेन, त्यसैलेएउटा पुरा फिल्म बन्ने कथालाई १५ मिनेटको म्युजिकल फिल्ममा उतारेर तपाई माँझ ल्याएको छु बिदा मागेर तिमी’ गीत र भिडियो ‘फोटो फिरिममा’ भन्दा पनि मर्मस्पर्शी छ भनेर हेर्ने, सुन्नेहरुले प्रतिक्रिया दिनु भएको छ । आशा छ, सबैले हेरेर गल्ती कमजोरी औल्याईदिनु हुनेछ’

म्युजिकल गीत ‘बिदा मागेर तिमी’मा सि डि विजय अधिकारी र मून प्रसाईंको आवाज रहेको छ। गीतमा शिशिर भण्डारीकै शब्द तथा संगीत , कुशल सिंहको एरेन्ज, नरेह बिबिसी र राजु कार्कीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ।

‘बिदा मागेर तिमी’ गीतको भिडियो हेर्नुहोस :

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post