मकवानपुर दुर्घटना अपडेट- ३३ यात्रु सवार, रक्सी खाएका थिए चालकले

मकवानपुरको जुरिखेत दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । हेटौंडा-कुलेखानी-काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत जिल्लाको भीमफेदी गाउँपालिका-६

जुरिखेतमा बिहीबार दिउँसो काठमाडौंबाट विरगंज आउँदै गरेको ना. ३ ख ७८५८ नंबरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको र भोमफेदी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २३ जनालाई हेटौंडा ल्याइएको छ भने अन्यलाई काठमान्डौ लागिएको छ । हेटौंडा ल्याइएका मध्ये ४ जनालाई थप उपचारका लागी भरतपुर पाठाइएको हेटौंडा अस्पतालले जनाएको छ ।

Post a Comment

Previous Post Next Post