मोटरसाइकल दुर्घटनामा अर्जुनधारा र कन्काईका युवाको मृत्यु

गएराति मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । घटनामा एकजना गंभीर घाइते भएका छन् ।

राति ११ः३० बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १-०१-०-०१४ प ३३५० र विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-२६७८ नम्बरको दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए ।

दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा प्र १-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकलका चालक कन्काई ४ बस्ने ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकलका चालक अर्जुनधारा ४ बस्ने ४५ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । 

घाइते दुवैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक जवेगुले बताए ।

दुर्घटनामा प्र १-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकलको पछाडि सवार कन्काईकै ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटलमै उपचार भइरहेको जवेगुले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post