पोखरामा घट्यो घ,टना: कारमा लिफ्ट दिएर नौ जनाद्वारा सामूहिक बलात्कार

पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् ।भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको उनले बताए ।

थप एक जनाको पनि खोजी भइरहेको उनले बताए ।पीडित महिलाले १५ गते बेलुकै उजुरी दिएको डिएपी तिवारीले बताए । बलत्कारको आरोपमा ८ जनालाई पक्राउ गरी सकेको र १ जना अझै फरार रहेको उनले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post