हिँडिरहेका आमा–छोरीलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, आमाको मृत्यु

पुलबाट मालबाहक ट्रक खस्दा झापामा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो।

भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ)को मृत्यु भएको प्रहरीले जनाएको हो । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन्।

प्रहरीका अनुसार कचनकवलबाट इँटा बोकेर पूर्व पश्चिम राजमार्ग तर्फ आउँदै गरेको प्र–१–०१–००१ ख ३६५९नम्बरको ट्रकले सोमबार दिउँसो भद्रपुरस्थित नजिकैको देउनियाँ पुलमा पैदलयात्रा गरिरहेका आमा–छोरीलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट अनियन्त्रित भएको ट्रक पुलबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन्।

घाइतेहरू बिर्तामोड– २ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन्। उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ।

उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर गागिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ।

घाइतेहरू बिर्तामोड– २ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन्। उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post