
कपिलवस्तुमा शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। शनिवार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो।
छोरीसहित ससुराली घर आएका थापालाई बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। थापाको उपचार लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए।
दुर्घटनामा उनकी ३ वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ। घाइते छोरी थापाको बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताए। ट्रक र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।