स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु,

पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।

गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।

जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन्। साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post