बमजस्तै १ घण्टामासम्म लगातार पड्किए ३० वटा अक्सिजन सिलिन्डर, ३ जना ठ’हरै(भिडियो हेर्नुस)

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा कपनमा एकदमै दुखद एवम भयानक घटना घटेको छ । रातको समयमा आगलागी हुँदा कपनमा तिनजनाको ज्यान गएको छ । आगलागीबाट मृ”त्यु भएका ३ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आगलागीमा पुरै घर नै तहसनहस भएको छ ।

त्यहाँको बाटो साँघुरो रहेकोले दमकललाई आउन समेत समस्या भएको स्थानियले बताए । साझ सातबजेतिर अक्सिजनको सिलिण्डरहरु पड्किदा तिनजना ठहरै भएका थिए भने एकजना गम्भिर घाईते भएका थिए ।

३० वटा अक्सिजनका सिलिन्डरहरु बम पड्किएझै पड्किदा १ घण्टासम्मको लगातार आगलागीले यो दु:खद घटना घटेको छ ।एकपछि अर्को सिलिन्डर प”ड्केपछी स्थानीयको सातो उडेको थियो ।

मृ”तकहरुको अवस्था एकदमै दयनिय रहेको प्रत्यक्षदर्शीले जानकारी गराए । शरीर पुरै जल्नुका साथै शरीरका ह”ड्डि बाहिर निस्किसकेको एकदमै हेर्नै नसकिने अवस्थामा शब रहेको एक स्थानीयले बताए ।

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post