अनैतिक सम्बन्ध लुकाउन बुहारीको यसरी गरियो हत्या

जेठाजु र बुहारी बीचको अनैतिक सम्बन्ध लुकाउन धनुषाको शहिदनगर नगरपालिका-३ यदुकूहामा एक महिलाको हत्या गरिएको छ।

जेठाजु बीरेन्द्र दाससहित काका उमेश दास र सालो भरत दास मिलेर बुहारी बबिता मण्डल दासको हत्या गरेको घटना सार्वजनिक भएको हो।घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार बबिताको मण्डल थरका केटासँग मागी विवाह भएको थियो।

विवाहपश्चात श्रीमान् वैदेशिक रोजगारमा गएका थिए। अर्कै केटासँगको सम्बन्धमा गर्भ रहन गएको पाइएको थियो। इलाका प्रहरी कार्यालय यदुकूहाको रोहवरमा समाजका दुवै पक्षका व्यक्तिहरू राखेर बवितालाई अरुणले राख्नुपर्ने दबाबका बीच सामाजिक मान्यताका आधारमा अरुण दाससँग विवाह भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकारले भने, 'विवाह भएको केही दिनमै अरुण दास वैदेशिक रोजगारीका क्रममा विदेश गए। विदेश गएपछि घरमा जेठाजुलाई खाना बनाउने खुवाउने सबै काम बविताले गर्थिन। तर पछि विस्तारै सम्बन्ध विस्तार हुँदै अनैतिक कार्य गरेको अनुसन्धानले देखाएको छ। जेठाजु बीरेन्द्र साहको आफ्नी श्रीमती भने पारिवारिक कलहका कारण माइतैमा बस्ने गर्थिन।

जेठाजु बीरेन्द्रको श्रीमती घरमा नबस्ने र बुहारी बविताको श्रीमान् अरुण दास वैदेशिक रोजगारीमा गएको हुनाले एउटै घरमा खाना पकाउने खाने लगायतका विषयमा साझा समझदारी भई अनैतिक सम्बन्ध कायम रहन गएको अनुसन्धान देखाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post