लगातारको वर्षापछि आएको पहिरोले अछाममा नौ जना बेपत्ता ठूलो धनजनको क्षति

लगातारको वर्षासँगै आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ५ वटाभन्दा बढी घर पुरिएको छ।

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर पुरिँदा ९ जना बेपत्ता भएका छन्। यस्तै तुर्माखाँद गाउँपालिका–५ मा ३ घर पुरिदाँ ७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।हताहतीको यकिन संख्या आइसकेको छैन’, धेरै पुरिएका र हराइरहेकाले संख्या ठूलो हुने अनुमान गर्न सकिन्छ’, उनले भने।

पहिरोले पुरिएका र बेपत्ताको खोजी जारी रहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका अनुसार अहिले घटना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी छ।

थप जानकारी घटनास्थलमा प्रहरी पुगेपछि आउने उनले बताए।अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा केही समस्या भएको प्रहरीले बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post