भेटियो जय नेपाल हलको कम्पाउण्डभित्रै 'टुकुचा खोला' हेर्नुहोस्

जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ। बिहीवार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।

महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो। विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो। गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।


महानगरले उक्त सूचना जारी गरेको लामो समय सम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजिमा जुटेको थियो। महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ शुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीवार डोजेर लिएर पुगेको थियो।


Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post