हराएको टुकुचा खोला खोज्न थाले बालेन शाहले, जय नेपालमा हलमा डोजर चलाउँदा देखियो टुकुचा खोला

काठमाडौं ।काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको उदय भएसँगै काठमाडौँमा ठग, फटाहा र भू माफियाहरुको भागदौड मच्चिएको छ ।

अनाधिकृत रुपमा सरकारी जग्गा मिचेरठूला ठूला महल बनाउन पल्केकाहरुका कारण हराएको टुकुचा खोलाको अवस्था नामेट पारि एसँगै मेयर बालेनको पछिल्लो नजर टुकुचामा पनि परेको छ ।

बिहिबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड डोजरले भत्काउँदाकरिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको छ । अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानमा अनधिकृत रुपमा बनेका संरचना भत्काउने काम भइरहेको छ ।

यसैबीच आज जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला फेला परेको हो । केही समयअघि स्थानीयहरुले खोला उत्खनन को पनि माग गरेका थिए ।अनधिकृत भौतिक संरचना भत्काउने क्रममा काठमाडौ महानगरपालिकाको टोलीले बिहीबार जय नेपाल हल पुगेको थियो ।

महानगरले नक्सा अनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पा उन्डभित्र डोजर चलाएको थियो ।हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो ।

टुकुचा खोलायसक्षेत्रमा गायब भएपछि स्थानीयहरुले खोला उत्खनन्को माग गर्दै आएका थिए । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post