घरको दुई तलाबाट खसेर एक जनाको मृत्यु

ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको लागि किष्ट अस्पताल लगिएको थियो।त्यहाँ नपुग्दै बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।घटनाको अनुसन्धान भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post