
सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् ।गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परि १८२ जनाको मृत्यु भएको छ । कैलालीमा मात्रै एक वर्षमा ६९ जनाको मृत्यु भएको छ । यस्तै, कञ्चनपुरमा २४, डोटीमा १०, बझाङ र अछाममा आठ/आठ जनाको मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा कैलालीमा १६, कञ्चनपुरमा १३, बैतडीमा ६ र बझाङमा चार जनाको सवारीबाट भवितव्यमा परि मृत्यु भएको थियो ।
सवारीबाट भवितव्यमा परि मृत्यु हुनेहरूमा डोटीमा तीन, अछाम, डडेल्धुरा र दार्चुलामा एक/एक जना पनि रहेका छन् । गत आर्थिक वर्षमा बाजुरामा भने सवारीबाट भवितव्यमा परि कसैले ज्यान गुमाउनु परेको छैन ।
आर्थिक वर्ष ०७७/०७८ मा सवारी ज्यानमा १२५ र सवारीबाट भवितव्यमा परि २३ गरि १४८ को मृत्यु भएको छ।