गाईजात्रामा ‘महादेव’ बनेर दिनभरि घुमेका गोविनको राती यसरी भयो मृत्यु

कीर्तिपुर गाईजात्रामा ‘महादेव’ बनेर दिनभरि घुमेका गोविन महर्जनको राती पौडी खेल्दा मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो।

कीर्तिपुर नगरपालिका-१ बाघभैरव बस्ने २४ वर्षीय गोविन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार गोविन आइतबार राति १० बजे बाघभैरव मन्दिर नजिकै रहेको देवपोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई निकालेर बल्खुस्थित बयोधा अस्पातल लगिएको थियो।

त्यहाँ राति साढे १० बजे मृत घोषणा गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए। शनिबार कीर्तिपुरमा गाईजात्रा मनाइएको थियो। गाईजात्रामा कीर्तिपुरमा देवताको नाच पनि देखाइन्छ। त्यस नाचमा व्यंग्य गर्न स्थानीयहरूले विभिन्न रूप धारण पनि गर्छन्।गोविनले महादेवको रूप धारण गरेका थिए।

आफ्नो शरीरलाई पुरै कालो रंगले ढाकेर उनले महादेवको रूप धारण गरेका थिए।हाम्रो जात्रा भइरहेको थियो। उहाँले चाहि महादेवको अवतार लिएर दिनभर कीर्तिपुरमा घुम्नुभयो। मेरो आफन्त पनि हो,’ उनले भने, ‘राम्ररी नै रमाइलो गरिराख्नुभएको थियो।

हेर्दा पनि डरलाग्दो रूपमा हुनुहुन्थ्यो।’गाईजात्रा भित्र्याएपछि फेरि कीर्तिपुरमा लाखेलाई राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने उनले बताए।त्यसबेला थुप्रै मानिसहरू जात्रा हेर्न भेला भएका थिए। वडाध्यक्ष महर्जन आफैं पनि त्यही थिए।

लाखेलाई टाउको र खुट्टा दिने जात्रा भइरहेको थियो। म पनि त्यही थिएँ,’ उनले भने, ‘सयौं मानिसहरू भेला भएका थिए। अरू पनि पौडी खेलिरहेका थिए।

वडाध्यक्ष महर्जनले भने,‘अब दिनभर घुमेको मान्छे थाक्यो पनि होला। राति फेरि पौडी खेल्दा झन् थाक्ने भयो।’थाकेको बेलामा पौडी खेल्न भन्दै पोखरीमा पसेका उनी पछि निस्केनन्। पोखरीबाट ५ मिनेटसम्म ननिस्केपछि अरू साथीहरूले निकालेको वडाध्यक्ष महर्जनले बताए।

५ मिनेटसम्म पनि ननिस्केपछि साथीहरूले खोजेर निकालेका रहेछन्,’ उनले भने,‘पछि मृत्यु भइसकेको रहेछ।’उनको शव पोष्टमर्टम गर्न टिचिङ अस्पतताल महाराजगन्ज लगिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post