इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ।राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको।
अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्।आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्।