सडक छेउमा मोटरसाईकल सँगै २८ वर्षीय संजय खत्रीको शव फेला !

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाईकलसँगै बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाईकलको नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

शवलाई थप पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकोर घटनाको अनुसन्धान भइरहेको पनि प्हरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post