जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, सडकबाट ५०० मिटर तल खस्यो

 

 काठमाडौं । जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् ।

दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भयो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरिएको छ ।घाइते सबैलाई उपचारका लागि गोकुलेश्वर पठाइएको छ ।

अन्य घाइतेको पनि उद्दार कार्य हुँदैछ । सडकबाट करीब पाँच सय मिटर तल खसेको जीपमा कतिजना सवार थिए भन्ने कुरा स्पष्ट भैसकेको छैन् ।

Post a Comment

Previous Post Next Post