बिष्णु माझीको तीजगीत चरि जेलैमा २ सार्वजनिक (भिडियो हेर्नुहोस्)

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक भएको छ । लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ सार्वजनिक गरेकी हुन् । गीतमा विष्णुको एकल स्वर छ ।

श्रीमान सुन्दरमणि अधिकारीको शब्द÷संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ । भिडियोमा सुन्दरमणि अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post