काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाण्डाै महानगरपालिका,,का मेयर बालेन्द्र साहकाे अभियानलाई समर्थन गर्नुभएकाे छ ।
नेत्री झाँक्रीले इमानदर प्रयासहरू सफल हुने भन्दै आ फ्नाे समर्थन मेयर साहलाई रहेकाे सामाजिक सञ्जाल मार्फत जानकारी गराउ नुभएकाे छ । उहाँले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेकाे भए पनि मेयर साहलाई भने त्यस्ताे नहुने पनि बताउनुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘मैले बाग्मती काेरिडो रका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । चुनाव आएको छ, नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्याे । पालिका चुनावपछि २०७९ जेठ २ गतेदेखि फेरि हटाउन सुरु भएकाे थियाे ।
नेत्री झाँक्रीले आफू र मेयर साहले केही याेजना बनाएकाे भए पनि आफ्नाे कार्यकाल लामाे नरहेकाे बताउनुभयाे ।
हेर्नुस जस्ताको त्यस्तै...
मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.