वृद्धालाई कुटपिट गरेको घटना बाहिर ल्याउने बालक सम्मानित

अछाम : जिल्ला प्रहरी कार्यालय अछामले बुधबार वृद्धा माथि कुटपिट हुँदै गरेको भिडियो सार्वजनिक गर्ने बालक लाई सम्मान गरेको छ।

प्रहरीले घरभित्र भएको हिंसालाई बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन महत्वपू र्ण सहयोग गरेको भन्दै ११ वर्षीय दिपेन्द्र न्यौपानेलाई सम्मान गरेको हो।आज शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले कदर स्वरूप सम्मान दिपेन्द्रलाई सम्मान गरेका हुन्। 

दिपेन्द्रलाई मन्त्री रावलले हौसला प्रदान गर्दे फूलमाला, दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेबुधबार पञ्चदेवल बिनायक नगरपालिका-६ तोलीका ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।

जैसराकी आफ्नै बुहारी र देवरानीले लछारपछार गरी शारीरिक तथा मानसिक रूपमा अपमान जनक र अमान वीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भा इरल भएको थियो। त्यो घटना प्रत्यक्ष देखिरहेका दिपेन्द्र ले भिडियो खिचेका थिए।

दिपेन्द्र पीडित वृद्धाको भतिज हुन्। बुबा लक्ष्मण न्यौपानेको मोबाइलबाट भिडियो खिचेर उनले बुबाकै म्यासेन्जरमार्फत् आफन्तहरूलाई पठाएका थिए।त्यसपछि उनका आफन्तहरूले फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ।

भिडियोको बारेमा जानकारी पाए पछि प्रहरीले तत्काल देवीसरा र धर्मा न्यौपानेलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी कैलाश विष्टले जानकारी दिए।

उनले भने, ‘एकजना बालकले हिंसाको घटना बाहिर ल्याउन महत्वपूर्ण योगदान गरेका छन्। त्यसैले हामीले उनको हौसला बढाउनका लागि र उनले गरेको कामलाई सम्मान गरेका छौं। दिपेन्द्रलाई परिवारको जिम्मा लगाउ छौं।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post