मेयर बालेन भन्छन् : नक्सा देखाएँ,डोजर चलाएँ, मैले के बिराएँ, कानुन बिपरित कार्य गर्ने सबैलाई कारबाही हुन्छ, (हेर्नुहोस भिडियो)

 

नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आज चर्काचर्की भएको छ।

अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए,त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।

शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो ?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन ?’ भनेर प्रतिप्रश्न गरेका थिए। शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो ? ।

यसरी डन भएर आउने होइन्।’ कुनै सूचना र जानकारी बिना आएर नक्सा देखा भन्दै बालेन्द्रले थर्काएपछि शर्माले नक्सा यहाँ बोकेर बसेको हुँदैन, तपाई देखाउनुस् नक्सा भनेका थिए ।बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।

बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन्। अल्फा बिटाको दादागिरी, बाटो मिचेर पार्किङ अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो।

बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए। तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिए।अल्फा हाउसका घरबेटीले भुइँतलामा राख्दै आएको पार्किङ हटाएर भाडामा लगाएका छन्।

भवनमा आउने मानिसका लागि मोटरसाइकल पार्किङ गर्ने ठाउँमा अहिले कफी सप र फार्मेसी राखिएको छ। भवनको पार्किङस्थल भाडामा लगाएर घरबेटीले पैसा कमाइरहेका छन् भने पार्किङ चाहिँ सडकको फुटपाथलाई बनाइएको छ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post