पहिरोमा परी दुई जना घाइते

धनकुटा — पहिरोले धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शुक्रबार बिहान दुई घर पुरेको छ । घटनामा २ जना घाइते भएका छन् ।

महालक्ष्मी २ को लाफ्टाङमा स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ । घटनामा घरमुली ८४ वर्षीय तिलक र उनकी छोरी ४५ वर्षीया मित्रमाया कटुवाल घाइते भएका छन् ।

दुवै जनाको दुवै हात भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।पहिरोबाट दुई घरभित्र रहेको अन्नपात, गहना नगद गरि अन्दाजी ७० लाख बराबरको क्षति भएको जनाइएको

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post