अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु, घरमा अन्नको गेडो छैन, ६ बालबालिकाको बिचल्ली

अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको हो ।

रियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।

स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ ।घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।

स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।

बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

  1. Nepal sarkarko dhyan pugos r yesta ati garibi nibarnko lagi tatkal khadhanna bitaran yojana lagu huna jaruri x

    ReplyDelete
Previous Post Next Post