भीरमा अड्किएर भा,ग्यले बाँ,चेका छिरिङ

काठमाडौं । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिर मा अड्किएका एक जनाको शनिबार सकुशल उ,द्धार गरेको छ ।

सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर भिरमा अड्किएका थिए ।गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको सशस्त्र प्रहरी बल नेपाल खाने पानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले उ,द्धार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्य समाचार / गुल्मी- गुल्मीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृ,त्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनु भएको छ ।

आज बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ आउँदै गरेकोलु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको ट्रक सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र चालकलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post