करेन्ट लागेर ३ जनाको मृत्यु

मकवानपुर ,सिरहा र मोरङमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुखियाको करेन्ट लागेर शनिबार बेलुका मृत्यु भएको हो ।

आफ्नै घरमा बिजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post