टोखाको घरमा यस्तो अबस्थामा फेला परे ७ जना, सुइको पाउँदा साथ पुग्यो प्रहरी

कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post