बलात्कारीलाइ आक्रोशित गाउलेले कुटीकुटी हत्या गरिदिए

असमको लखिमपुर जिल्लाको ढाकुखानाको किल्किली गाउँ नजिकै प्रहरी हिरासतबाट भागेका एक व्यक्तिलाई आक्रोशित भीडले बिहीबार बिहान कुटपिट गरेको छ। कुटपिटबाट उनको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय राजु बरुवा रहेका छन् ।

एक जानकारीका अनुसार मृतकमाथि जबरजस्ती करणी र हत्याका विभिन्न मुद्दा चलिरहेको र उनी अन्य दुई अपराधीसहित मंगलबार ढाकुखाना अदालतबाट प्रहरी हिरासतबाट फरार भएका थिए । तर बिहीबार बिहनै उनलाई केही स्थानीयले समाते प्रहरीलाई जिम्मा दिनुअघि निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले गम्भीर घाइते राजुलाई बचाउने प्रयास गरे पनि त्यहाँ ठूलो संख्यामा मानिसहरु रहेको बताएको छ । भीडबाट राजुलाई बचाउन गएका दुई प्रहरी पनि घाइते भएका छन् ।

यस घटनाबारे लखिमपुर जिल्लाका प्रहरी उपरीक्षक बी.एम. राजखोवाले मिडियालाई भने, ‘हामीले बिहीबार बिहान घटनाबारे थाहा पायौं। प्रहरी टोली घटनास्थल पुग्दासम्म अभियुक्त गम्भीर घाइते भएका थिए । उनलाई स्थानीय अस्पतालमा लगियो तर उनको मृत्यु भयो।

प्रहरी अधिकारीका अनुसार अभियुक्त राजुविरुद्ध डकैती, जबर्जस्ती करणी र हत्याका दर्जन बढी मुद्दा दर्ता छन् । यस घटनामा प्रहरीले अज्ञात व्यक्ति विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post