कोटेश्वरमा महानगर यातायातमाथि तोडफोड !

काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ। महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड भएको हो।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ। आज बिहान साढे ६ बजे ५ जनाको समूहले एक्कासि आएर ढुङ्गा प्रहार गरी भागेका थिए।

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post