अल्फाबिटामा डोजर हानेर तीज मान्न हिँडे बालेन, उपमेयर डंगाेल पनि सहभागी

काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे ।

साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे ।

उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post