यिनै हुन् ३२ वर्षीया जानकी बोहरा जसले हजारौ सुत्केरी महिलाको ज्यान बचाईन तर आफु बाचिनन्

डोटीमा सुत्केरी स्वास्थ्यकर्मी कै मृत्यु भएको खबरले सबैलाई मर्माहित बनाएको छ । सुत्केरी महिला सहित शिशुसको मृत्यु भएको हो।

आदर्श गाउँपालिका–६ गिरिचौका बस्ने ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो। उनि पेशाले अनमी थिईन ।मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि जानकीको पनि मृत्यु भएको हो।

जिल्ला अस्पताल डोटी अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म पुर्याइएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि जानकीको मृत्यु भएको हो ।

मृतकको ९ वर्षीय छोरा छन् । उहाँ २०७० सालदेखि गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post