आजको राशिफल, वि.सं. २०७९ साल भाद्र १० गते शुक्रवार श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ भाद्र १० गते शुक्रवार तदनुसार ई. सं. २०२२ अगस्ट २६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय :

बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, चन्द्रास्त : साँझ ०५:२७ बजे र चन्द्रोदय : भोलि बिहान ०४:२४ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय :

बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) चतुर्दशी तिथि, दिउँसो ११:५२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, अश्लेषा नक्षत्र, बेलुका ०७:१६ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बेलुका ०७:१६ बजेसम्म, त्यसपछि सिंह राशिमा, परिघ योग, भोलि बिहान ०३:५९ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा शकुनि करण दिउँसो ११:५२ बजेसम्म, त्यसपछि चतुष्पाद करण मध्यरात्रीपछि १२:३६ बजेसम्म, अन्तिममा नाग करण, आनन्दादि योग : मृत्यु, चन्द्रवणर् :

सेतो (बेलुका ०७:१६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बेलुका ०७:१६ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पश्चिम (दिउँसो ११:५२ बजेसम्म), त्यसपछि ईशान, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण :

बिहान ०६:२४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : दर्श श्राद्ध, निशि बार्ने दिन आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र, फणिचक्र, चुल्लीचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । नयाँ/नयाँ विषय र काम प्रति जागरुकता बढ्ने दिन हो । रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । मन प्रेमिल बन्ने समय हो । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अतः कुनै महत्त्वपूणर् निणर्य लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला ।

आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुराना सँगीसाथी वा आत्मीयजनहरूसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न गरिने समय हो, उता पारिवारिक माहौल र आर्थिक पक्ष सुदृढ देखिन्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा कार्य सम्पादनमा सघाउ पुग्नेछ, आन्तरिक प्रतिभा र क्षमताको प्रदर्शन गरेर धन, मान र प्रतिष्ठा कमाउन सकिने छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । गुमेको वा लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । अचानक कुनै पैसा हात पर्ने दिन हो । घरपरिवारमा सम्पर्क गरी खैखबर बटुल्न सक्नुहुन्छ ।

आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहो स्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पटकपटक चिन्तन गर्नुपर्छ, कसैको उकसाहटमा काम गर्दा षड्यन्त्रको खाडलमा पर्न सकिन्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपर्ने दिन हो । त्यस्तै कठोर र क्रूर निणर्य लिनुपर्ने परिस्थिति आइलाग्नेछ, तथापि व्यक्तिगत साख कायम राख्न सफल भइने छ । जिम्मेबारी बढ्नाले काममा खट्ने परिस्थिति छ, त्यसैले आपसी भेटघाट र भलाकुसारीमा आकस्मिक बाधा आइपर्नेछ ।

आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः शिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूणर् काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

हुनसक्छ, सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं खट्नुपर्ने परिस्थिति देखिन्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रातो/सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ स्थानदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ।

आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमो नारायणाय यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।

आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूणर् पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । रुचि र इच्छाअनुसार अधिकतम समय बिताउन मनलाग्छ, जस्तै चुनौती देखिए पनि चलाखीपन र बुद्धिकौशलका माध्यमबाट समस्यालाई हल गर्ने सामर्थ्य प्राप्त हुनेछ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर/परिवारमा रमाउने समय हो ।

आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूणर् घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कामको बोझ र चाप बढ्नेछ । हरेक क्रियाकलापमा हतार नगर्नु होला, जुनसुकै कागजपत्रको समस्या र कानुनी पक्षबारे राम्ररी चिन्तन गर्नु ठीक हुन्छ ।

आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने दिन हो, भावना र इच्छाहरूको कदर हुने समय छ । नयाँ अनुभव वा ज्ञानप्राप्तिका लागि राम्रो दिन छ । 

आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post