डुङ्गा पल्टिँदा सात जनाको ज्यान गयो : बेपत्ता १३ जनाको खोजी चल्दै

डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ।दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो ।

डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् ।डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

मनसुनी वर्षाका कारण पाकिस्तानमा नदी तथा समथर भूभागमा बाढी आएको छ ।राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपत्काल घोषणा गरिएको छ।

भने ३ करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।

Post a Comment

Previous Post Next Post