विराटनगरबाट ६ जना पक्राऊ गरे छन् यस्तो गर्नै नहुने काम

मोरङमा लागूऔषध कारोबार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा एक युवती पनि छन् ।

विराटनगर महानगरपालिका १४ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका ८ 

घर भइ विराटनगर १४ मुण्डा पोखरीस्थितमा डेरा गरी बस्दै आएकी २७ वर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजुसहित ६ जनालाई पक्राउ गरिएको होे ।

अन्य पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक चौताराका २६ वर्षीय विकाश थापा, विराटनगर १५ का २४ वर्षीय बरुण साह, विराटनगर ३ का ३० वर्षीय आशिष हमाल, विराटगर १३ का ३० वर्षीय सुलभ रिजाल र धरान २० का २३ वर्षीय रोशन लिम्बू रहेका छन् ।

पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

Previous Post Next Post