धनगढीमा एक जनाको शव यस्तो अवस्थामा भेटिए

कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनी शनिबार राति करीब ८ बजे मृत भेटिएका हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post