सधैं जलाउँछु-मार्छु भन्थ्यो, पापीले जलाएरै छाड्यो’

आगोको लप्कामा परेपछि प्रमिला चिच्याउन थालिन् । आमा ब्युँझिइन् । आगो निभाउने पानी लिन बाहिर निस्किन खोजिन् तर कोठा बाहिरबाट बन्द थियो ।

कीर्तिपुर अस्पतालको बर्नवार्ड । बेड नम्बर ४०७ । लमतन्न छिन् महोत्तरी भंगाहाकी प्रमिला देवी सदा (३५) । उनको शरीरभरि सेतो पट्टी बाँधिएको छ । पीडा बढ्दा छटपटिन खोज्छिन् । ७० प्रतिशत जलेको शरीर, छटपटिन पनि कहाँ मिल्छ र ? पीडा व्यक्त गर्ने एक मात्रै माध्यम छ उनीसँग, लामो-लामो सुस्केरा र ऐया !

ऐया !! आवाजसँगै बगिरहने आँसु ।शरीर मात्रै जलेको छैन, उनको मनसमेत जलेको छ । तन र मन दुवै जलाएर बेपत्ता छन् उनले सर्बस्व सुम्पिएका श्रीमान् शंकर सदा । शंकरले श्रीमती प्रमिलालाई मात्रै होइन, सासू रेशमा (६५)लाई पनि आगोले जलाएका छन् ।

आमा-छोरी दुवै कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचाररत छन् । ‘सधैं मार्छु-जलाउँँछु त भन्थ्यो, पापीले आखिर जलाएरै छोड्यो, मर्नु न बाँच्नु बनाएर गयो,’ प्रमिलाकी आमा रेशमाले भनिन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post