काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटि याहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३
वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरे को प्रहरीले जनाए,,को छ। बिहान ३-४ बजेको समयमा घरमै श्रीमतीको ह,त्या गरेको आरो,पमा दिनेशलाई प्रहरीले प,क्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले ग्लोबल नागरिकलाई जानकारी दिए।
घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरी लाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरी क्षक कार्कीले बताए ।
गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो ।
प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृ,तक प्रतिमाको शव पोष्टमार्टनका लागी नारायणी अस्पतालमा पठाउने तयारी गरिरहे को प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
मृ,तक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन्।